के स्टार जोडी कलाकार बन्दा फाइदा हुन्छ ?

सुत्र इन्टरटेन्मेन्ट- अभिनेत्री अश्लेषा ठकुरीलाई प्रेमगीत २ खेलेर फाइदा भयो कि भएन होला ? किनकी, यो सिनेमामा उनले स्टार अभिनेता प्रदिप खड्कासँग काम गरेकी थिइन् । तर, यो सिनेमा हिट भयो, प्रदिप पनि महंगो भए । तर, अश्लेषालाई भने फाइदा भएन । सिनेमा हिट भएपनि उनलाई लिएर सिनेमा बनाउने सोच अरु निर्मातामा आएन ।

अब, प्रश्न उब्जन्छ कि स्टार कलाकारसँग काम गर्दा के फाइदा हुन्छ ?
कुरा मिरुना मगरको नै गरौ । मिरुना मगरले सिनेमा रोजमा प्रदिपसँग नै काम गरिन् । तर, यो सिनेमा पनि चलेन । प्रदिपको जोडी बन्दा पनि फाइदा नभएपछि मिरुना भन्न थालेकी छिन्, प्रदिपसँग सिनेमा खेल्दैमा हिट हुने होइन ।

अभिनेत्रीहरु आफ्नै बलले भाग्य बदल्न सफल छन् । मिरुना अहिलेकी व्यस्त अभिनेत्रीमा पर्छिन् । तर, उनी आफै प्रदिपसँग सिनेमा खेलेर फाइदा भएको कुरा गर्दिनन् ।

स्टारकै कुरा गर्दा निखिल उप्रेतीको नाम पनि आउँछ । अभिनेता उप्रेतीको सिनेमाबाट डेब्यू गरेकी थिइन् सारा सिर्पालीले । तर, २ वटा सिनेमा निखिलसँग खेल्दा पनि सारालाई कुनै फाइदा भएन । सिनेमा पनि चलेन, सारा राम्री भएर पनि चलिनन् ।
उसो भए के त, स्टार कलाकारसँग सिनेमा खेल्दैमा फाइदा हुन्छ भन्ने नरहेको हो ।

यसो भनिहाल्न पनि नमिल्ला । किनकी, सिनेमा ड्रिम्समा अभिनेता अनमोल केसीसँग काम गरेपछि साम्राज्ञीराज्यलक्ष्मी शाह व्यस्त बनिन् । उनी अहिलेकी नम्बर १ अभिनेत्री हुन् ।

तर, यसमा के अनमोलकै हात थियो त ? पक्कै पनि थिएन ।अनमोलसँग काम गरेका सबै हिरोइन हिट छैनन् । साम्राज्ञीपछि चर्चा पाउने हिरोइनमा उपासना सिंह ठकुरी छिन् । उपासनाले अनमोलसँग क्याप्टेनमा काम गरिन् ।

उसो भए स्टार कलाकार नै किन चाहियो त ? यसमा पनि जवाफ दिन सकिन्छ । स्टार कलाकारसँग काम गर्दा हिरोइनहरुले आफूलाई मिडिया र दर्शकसँग चिनाउने मौका पाउँछन् ।

किनकी, स्टार कलाकारको चर्चा बढी हुने हुँदा सिनेमा पनि दर्शकको चाँसोमा पर्छ । यसले सिनेमा आएको र गएको मात्र होइन, कलाकार आएको र गएको पत्तो नै नहुने अवस्था भने रहँदैन ।

यसैले पनि स्टार कलाकारसँग काम गर्दा फाइदा छ । तर, स्टार कलाकारसँग काम गर्दैमा चलिहालिन्छ भन्ने होइन । राम्रो काम गर्न नसकेको खण्डमा दोश्रो सिनेमा नै नपाउन सकिने अवस्था पनि रहन्छ ।

स्टार कलाकारसँग काम गर्दा आफूले खुबै मिहिनेत गरेर काम देखाउन सकेको खण्डमा त्यो भने सुनमा सुगन्ध नै हुन्छ ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.