प्रदीप र जसिताको ‘लभ स्टेशन’ २७ लाखमा अष्ट्रेलियामा बिक्री

फिल्म ‘लिली बिली’बाट निकै रुचाईएका जोडी अभिनेता प्रदीप खड्का र अभिनेत्री जसिता गुरुङ अभिनित फिल्म ‘लभ स्टेशन’ बिदेश प्रदर्शनको लागि पनि धमाधम बिक्री सुरु भएको छ । फिल्मको ट्रेलर सार्वजनिक भएसंगै फिल्मले पाएको चर्चाका कारण फिल्मको बिदेशमा प्रदर्शनका लागि खरिद कार्य सुरु भएको हो ।

नयाँ वर्षको अबसर पारेर आगामी २२ चैतबाट देशव्यापी प्रदर्शनमा आउँने तयारमा रहेको यो फिल्म नेपालसंगै बिदेशमा पनि प्रदर्शन हुने तयारीमा रहेको छ ।

फिल्मलाई आधिकारिक रुपमा अष्ट्रेलियामा प्रदर्शनका लागि गोर्खा इन्टरट्रेनमेन्टले किनेको छ । लभ स्टेशनलाई अष्ट्रेलियाको लागि २७ लाख रुपैयाँमा गोर्खा इन्टरट्रेनमेन्टले खरिद गरेको फिल्मका प्रस्तुतकर्ता गोविन्द शाहीले जनाएका छन् भने फिल्मको माग जापान लगायतका मुलुकमा निकै उच्च रहेको उनले बताए ।

लभ स्टेशनलाई काफिया फिल्मस्को व्यानरमा काफिया शाही (क्रिसु) र कविरबिक्रम शाहीले निर्माण गरेका हुन् । आलोक शुक्लाको छायाँकन रहेको फिल्ममा शम्भुजीत बासकोटा, दीपक शर्मा, राजनराज शिवाकोटी र एलिश कार्कीको संगीत छ ।

फिल्मको निर्माण नियन्त्रकमा राजेन्द्र रावल छन् । फिल्ममा प्रदीप र जसितासँगै रमेश बुढाथोकी, प्रकाश शाह, रेशु भट्टराई, बिनोद कुमार पौड्याल, प्रिया रिजाल, सरु बिष्ट, रवी डंगोल, दिनेश काफ्ले, कालु रानासहितको अभिनय छ ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.