बर्षा र विपिनको ‘जात्रै जात्रा’को प्रदर्शन मिती तय

चर्चित अभिनेता विपिन कार्की अभिनित फिल्म ‘जात्रा’को सिक्कवेल ‘जात्रै जात्रा’को प्रदर्शन मिति तय भएको छ । फिल्मका प्रस्तुतकर्ता रविन्द्र सिंह बाँनियाका अनुसार, अब फिल्म आगामी वैशाख २७ गतेबाट देश ब्यापी रुपमा प्रदर्शन हुनेछ ।

यसअघि फाल्गुन १७ गतेलाई प्रदर्शन मिति तय गरिएको सो फिल्मका मुख्य अभिनेता विपिन कार्कीको बाइक दुर्घटनामा परेर खुट्टा भाँचिएपछि फिल्मको छायांकन रोकिएको थिए । सोहि कारण फिल्म तोकिएको मितीमा प्रदर्शन हुन सकेन ।

दिप भट्टराईको निर्देशन रहने फिल्ममा उनैक कथा रहेको फिल्ममा सिंगे लामा र यादव पौडेल निर्माता रहेका छन् । शिवराम श्रेष्ठको छायांकन रहेको फिल्मलाई मित्र डी गुरुङले सम्पादन गरेका हुन भने फिल्मलाई असन र बौद्धमा खिचेका छन् ।

फिल्ममा विपिन कार्की, बर्षा राउत, रविन्द्र सिंह बानियाँ, रविन्द्र झाको मुख्य अभिनयमा रहेको फिल्ममा यिनका अलावा प्रकाश घिमिरे, सोहित मानन्धर, अन्जु महर्जन, सुस्मिता कार्की, प्रेम पाण्डे, कालु राना, प्रियंका झा, कविन्द्र त्रिपाठी लगायतको अभिनय रहेको छ ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.