अनमोलको जिन्दगी बन्दै सुहाना

अभिनेत्री तथा निर्देशक झरना थापाको निर्देशनमा निर्माण हुने फिल्म’ ए मेरो हजुर ३’मा समावेश ‘जिन्दगी नै भन्दिन’ बोलको गीत सार्वजनिक भएको छ । निर्माण टिमले युटुब मार्फत सार्वजनिक गरेको उक्त गीतमा अनमोल केसी र सुहाना थापा एकअर्का बिनाको जिन्दगी जिन्दगीनै हैन भन्दै निकै रोमान्टिक मुडमा देखिएका छन् ।

सार्वजनिक गीतमा सुगम पोखरेल र प्रबिशा अधिकारीको स्वर, एक नारायण भण्डारीको शब्द, आशिस अविरलको संगीत तथा एच बि एन किस्मतको मिक्सिंग रहेको छ ।

सुहाना इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भइरहेको यो फिल्म रोमान्टिक लभस्टोरी जानरामा बन्ने छ । फिल्ममा अनमोल र सुहानाका अलावा सलोन बस्नेत, अर्पण थापा, रविन्द्र झा लगाएतका कलाकारहरुको अभिनय रहेको छ ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.