“दालभात तरकारी”को प्रर्दशन मिती परिवर्तन

बैशाख १३ गतेबाट देशव्यापी प्रर्द्शनमा आउने भनिएको फिल्म ‘दालभात तरकारी’को प्रर्द्शन मिती परिवर्तन भएको छ । फिल्म बैशाख १३ बाट सरेर बैशाख २० मा प्रर्दशन हुने भएको छ ।

सार्वजनिक खबरका अनुसार , टेक्निकल काम नसकिएको कारण फिल्मको प्रर्दशन मिती परिवर्तन गरिएको हो ।

किरण केसीको प्रस्तुतिमा मह संचारको ब्यानरमा निर्माण हुने फिल्मलाई निर्माता तथा कलाकार किरण केसीका सुपुत्र सुदन केसीले निर्देशन गर्ने भएका छन् । उनको यो डेब्यु निर्देशन हो ।

‘शत्रु गते’ कै सम्पूर्ण टिम रहने फिल्म ‘दाल भात तरकारी’ मा पनि मल्टिस्टारर कलाकारहरुको बाहुल्यता छ । यो फिल्ममा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, निरुता सिंह, प्रियंका कार्की, पुष्पल खड्का, आचल शर्मा , वर्षा राउत, बसुन्धारा भुषाल लगायतका कलाकारहरुको मुख्य अभिनय रहेको छ ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.