’ट्रिब्युट टु मेगा स्टार राजेश हमाल’ को आयोजना हुदै

अभिनेता राजेश हमाललाई ’ट्रिब्युट’ गर्ने भएका छन् । राजधानीमा स्थित साधना कला केन्द्रले  पत्रकार सम्मेलन गर्दै ’ट्रिब्युट टु मेगा स्टार राजेश हमाल’ गर्न लागेको जानकारी दिईएको हो  ।

वरिष्ठ संगीतकार शम्भुजित बास्कोटा , गायक राजेश पायल राई , यम बराल , रवी ओड लगायतको उपस्थिति सम्पन्न कार्यक्रममा अभिनेता हमालको हिट डायलग र गीतको केहि क्लिप्सलाई समेत देखाइयो ।

फाइनल डेट सार्वजनिक नभएता पनि कार्यक्रम आउँदो वर्ष २०७६ को जेठ महिनामा कार्यक्रमको आयोजना हुने र नेपालमा अग्रजलाई सम्मान गर्ने परम्पराको थालनी तथा अन्य देशमा गरिने सम्मान देखेर आफ्नो देशका अग्रज कलाकारलाई ट्रिब्युट गर्ने आइडिया फुरेको साधन कला केन्द्रका अध्यक्ष मिलन मोक्तानले बताए ।

कार्यक्रममा बोल्दै राजेश हमालले, म नै किन ? भनेर प्रश्न गर्नुका साथै उहाहरुको उदेश्य नेक लागेर हुन्छ भनेको हु । एउटा राम्रो कार्यको थालनी मबाट हुन्छ भने किन नगर्ने भनेर सहमत भएको हु । म धन्यवाद पनि दिन चाहन्छु कि पहिलो रोजाईमा म परे । यसले एउटा परम्पराको थालनी गरेको छ । यसपछिका दिनमा पनि यसै गरि सर्जकलाई सम्मान गर्न सक्नु होस् भन्ने शुभकामना छ । म खुसि छु । फिल्मी यात्राले दिलाउने सम्मान र दर्शकको माया नै हाम्रो उर्जा हो बताए ।

भने शम्भुजित बास्कोटाले पनि राजेश ट्रिब्युटको हकदार रहेको र राजेशले आफ्नो जीवनको सुरुवाती पल देखि नै फिल्म नगरीमा आफुलाई समर्पित गरेको र फिल्म युग देखि युग सम्म मार्फत सुरु भएको यात्रामा उसले आफुलाई निरन्तर कर्मक्षेत्रमै ब्यस्त बनाउने राजेश एक यस्ता कलाकार हुन् जसको नामनै पहिचान हो , उनलाई चिनाउनु पर्दैन चाहे त्यो जुनै उमेर समुहका हुन् । यहाँ राजेशलाई ट्रिब्युट गर्ने कार्यक्रमको घोषणा समारोहमा उपस्थित भएर शुभकामना दिन पाउँदा निकै खुसि भएको बताए ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.