‘जात्रै जात्रा’को ‘माया पिरिम’

चर्चित अभिनेता विपिन कार्की अभिनित फिल्म ‘जात्रा’को सिक्कवेल ‘जात्रै जात्रा’मा समावेश ‘माया पिरिम’ बोलको गीत सार्वजनिक भएको छ । निर्माण टिमले युटुब मर्फात सार्वजनिक गरेको उक्त गीतमा बर्षा राउत, विपिन कार्की , सारा सिफाली, करिष्मा मानन्धर, रबिन्द्र झा , निशल बस्नेत लगाएतका कलाकारहरु विवाहमा रमाउदै नाचिरहेको देखिएका छन् ।

सार्वजनिक गीतमा निशान भट्टराई र मनिषा पोखरेलको स्वर, लेखु सहयात्रीको शब्द, कृष्ण भर्देवाजको संगीत, रिकेश गुरुङको एरेन्ज, कविराज गहतराजको कोरियोग्राफी रहेको छ ।

दिप भट्टराईको निर्देशन रहेको फिल्ममा उनैको कथा रहेको छ भने फिल्ममा सिंगे लामा र यादव पौडेल निर्माता रहेका छन् । शिवराम श्रेष्ठको छायांकन रहेको फिल्मलाई मित्र डी गुरुङले सम्पादन गरेका हुन भने फिल्मलाई असन र बौद्धमा खिचेका छन् ।

फिल्ममा विपिन कार्की, बर्षा राउत, रविन्द्र सिंह बानियाँ, रविन्द्र झाको मुख्य अभिनयमा रहेको फिल्ममा यिनका अलावा प्रकाश घिमिरे, सोहित मानन्धर, अन्जु महर्जन, सुस्मिता कार्की, प्रेम पाण्डे, कालु राना, प्रियंका झा, कविन्द्र त्रिपाठी लगायतको अभिनय रहेको छ ।

फिल्म जेठ ३ गतेबाट देशब्यापी प्रर्दशन आउने तयारीमा रहेको छ ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.