र्‍याप व्याटल अफ नेपाल २०१९ हुदै

विगत २१ वर्षदेखि शैक्षीक तथा १२ वर्षदेखि ईभेन्ट र मनोरञ्जन क्षेत्रमा अनुभवी व्यक्तिहरुद्वारा सञ्चालित एएनपी मिडिया हाउसले नेपालमै पहिलोपट र्‍याप संगीतको क्षेत्रमा बृहतरुपमा र्‍याप व्याटल अफ नेपाल २०१९ प्रतियोगिता आयोजना गर्ने भएको छ ।

विभिन्न शैक्षिक कार्यक्रम तथा विभिन्न उमेर समूह र वर्गका लागि सौन्दर्य र प्रतिभामूलक कार्यक्रम आयोजना गर्दै आएको हाउसले ¥याप सगीतका लागि पहिलोपटक बृहतरुपमा रियालीटी शोका रुपमा स्पर्धा गर्न लागेको हो ।

१२ वर्षदेख २४ वर्ष उमेर समूहका कम्तिमा ८ कक्षा अध्ययन गर्दै गरेको कुनै पनि उचाई र वजनका प्रतिभाशाली नेपाली नागरीकले यसमा भाग लिन सक्ने मिडिया हाउसका प्रवन्ध निर्देशक लबबहादुर कार्कीले जानकारी गराएका छन् ।

यो रियालिटी शोमा भोछिङ प्रणालि तथा निर्णायकको मूल्यांकन आधारमा विजेता घोषणा गरिने उनले बताए। व्याटलमा प्रथम हुनेलाई ३० हजार रुपियाँ तथा फष्ट र सेकेण्ड रनर्सअपलाई क्रमशः २० र १० हजार रुपियाँ प्रदान गरिनेछ ।

टेलिभिजन र एएनपी मिडिया हाउसको आधिकारीक युट्युब च्यानल ब्ल्ए ःभमष्ब ज्यगकभ मा देखाईने ¥याप व्याटल अफ नेपाल २०१९ का लागि आगामी चैत २२ गते राजधानीमा अडिसन लिइनेछ। अडिसनबाट एक सयजनालाई चयन गरिने र उनीहरुका बिच स्पर्धा गराइने कार्कीले जनाएका छन् ।

¥याप गीत संगीतले पछिल्लो समयमा पाएको लोकप्रियता तथा यसमा युवा पुस्ताले देखाएको उत्साहका कारण ¥याप व्याटल अफ नेपाल २०१९ आयोजना गर्न लागिएको आयोजक कार्कीले बताए । उनका अनुसार यो प्रतियोगिता नेपालका चर्चित ¥यापरहरुकै बिच सञ्चालन गरिनेछ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.