हिन्दीमा दर्शक बढे, नेपालीमा घटे

सुत्र इन्टरटेन्मेन्ट- कात्तिक आर्यन र कृती सेनन नेपाली बजारमा खासै सुनिएको नाम होइन । तर, यी दुइले अभिनय गरेको सिनेमा लुका छुप्पीले नेपाली बजारमा पनि निकै राम्रो कमाइ गर्यो ।

अभिनेता अनमोल केसीको मुख्य भूमिका रहेको सिनेमा क्याप्टेनको रिलिजको दिनबाटै नेपालमा रिलिज भएको यो सिनेमाले अनमोलको स्टारडमको अघि आफूलाई कमजोर बनाएन । बरु, अनमोललाई नै चुनौती दियो ।

सिनेमा बुलबुल रिलिजको समयमा हिन्दी सिनेमा गल्ली ब्वाई रिलिज भएको थियो । यो सिनेमाले नेपाली हलमा खासै कमाई गर्दैन भन्ने अड्कल लगाइएको थियो । तर, सिनेमाले पहिलो हप्ता मात्र होइन, चौथो हप्तासम्म पनि कमाइको ग्राफ घटाएन ।

यसरी हेर्दा, अहिले फेरि नेपाली सिनेमामाथि बलिउड सिनेमा हाबी हुन थालेका हुन् भन्ने देखिन थालेको छ । अब त नेपाली सिनेमाले बलिउड सिनेमामाथि मात्र होइन, साउथका सिनेमासँग पनि डराउनुपर्ने अवस्था छ । केजीएफ भन्ने सिनेमाले नेपालमा ५१ दिन मनाउनु यसैको उपज हो ।

नेपाली सिनेमाले बलिउड सिनेमालाई पछारेका खबर केही पहिले आउन थालेको थियो । यसले सिनेमा बनाउनेहरुलाई पनि उत्साहित बनाएको थियो । तर, अहिलेको अवस्था हेर्ने हो भने फेरि नेपाली सिनेमामाथि बलिउड सिनेमा हाबी हुन थालेका छन् ।

टोटल धमाल जस्तो बलिउड सिनेमाले समेत नेपालबाट राम्रो कमाई गरेको छ । यो सिनेमाले त भारतमा सय करोड भन्दा बढी कमाएको थियो । नेपाली सिनेमा अहिले आफ्नै सिनेमासँग भिडिरहेका छन् । बारम्बार आफूमाथि नै जाइलाग्ने प्रथा चल्न थालेको छ ।

तर, आफू आफू भिड्दा बलिउड सिनेमाले भने नेपालमा फेरि टाउको उठाएका छन् । बलिउड सिनेमाले नेपाली दर्शकलाई फेरि हलसम्म तानिरहँदा नेपाली सिनेमाले भने दर्शक गुमाइरहेका छन् । यस्तो अवस्थाको बारेमा बेलैमा नसोचे, यसले भयाबह अवस्था निम्तयाउन सक्छ ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.