‘प्रेमलिला’लाई पिजी सर्टिफिकेट

अन्तरदेशीय प्रेम सम्बन्धमा आधारित फिल्म ‘प्रेमलिला’ले सेन्सर पास गरेको छ । फिल्मलाई केन्द्रिय चलचित्र जाँच समितिले १६ वर्ष मुनीका बालबालिकाले अभिभावकलाई लिइएर हलमा हेर्न जान मिल्ने गरी पिजी (प्यारेन्स गाईडेड) सर्टिफिकेट दिइएको छ ।

अन्तर्देशीय प्रेमकथा समेटिएको फिल्मको फर्स्ट लुक, दुई गीत र ट्रेलर पनि सार्वजनिक भइसकेको छ । पबन गौतमको छायांकन, चन्दनदत्त र सालिक दुलालको सम्पादन, रामजी लामिछानेको कोरियोग्राफी रहेको फिल्ममा महेश खड्का, नबिन कार्की र रबिराज शाहको संगीत, राजेश पायल राई, शोभा पाण्डे र भारतीय गायक राजा हसनको स्वर रहेको छ ।

फिल्ममा दीपशिखा खड्का, भारतीय मोडल अलिखान, मौसम खड्का, सुरज तमु, रेखाशाह, शर्मिलाशर्मा, भारतीय कलाकारहरु अर्चनाशुक्ला, ट्वीकंल श्रीवास्तव लगायतको अभिनय रहेको छ । नायिका खड्का कै कथातथा लेखन रहेको फिल्मलाई नानी मैया कार्की र फैजिल फिल्म्सले संयुक्त रुपमा निर्माण गरेका हुन् ।
फिल्म चैत्र ८ बाट गते देखि प्रदर्शन हुनेछ ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.