‘प्रेमलिला’को ‘सबको कहानी उस्तै’

अन्तरदेशीय प्रेम सम्बन्धमा आधारित फिल्म ‘प्रेमलिला’मा समावेश ‘सबको कहानी उस्तै’ बोलको लिरिकल भिडियो सार्वजनिक भएको छ । निर्माण टिमले युटूब मार्फत सार्वजनिक गरेको उक्त लिरिकल भिडियोमा सोभा पाण्डेको स्वर, महेश खड्काको संगीत, डा.कृष्णहरि बरालको शब्द रहेको भिडियोमा दिपशिखा खड्का, मौसम र अलि खान फिचर्ड छन् ।

अन्तर्देशीय प्रेमकथा समेटिएको फिल्मको फर्स्ट लुक, दुई गीत र ट्रेलर पनि सार्वजनिक भइसकेको छ । पबन गौतमको छायांकन, चन्दनदत्त र सालिक दुलालको सम्पादन, रामजी लामिछानेको कोरियोग्राफी रहेको फिल्ममा महेश खड्का, नबिन कार्की र रबिराज शाहको संगीत, राजेश पायल राई, शोभा पाण्डे र भारतीय गायक राजा हसनको स्वर रहेको छ ।

फिल्ममा दीपशिखा खड्का, भारतीय मोडल अलिखान, मौसम खड्का, सुरज तमु, रेखाशाह, शर्मिलाशर्मा, भारतीय कलाकारहरु अर्चनाशुक्ला, ट्वीकंल श्रीवास्तव लगायतको अभिनय रहेको छ । नायिका खड्का कै कथातथा लेखन रहेको फिल्मलाई नानी मैया कार्की र फैजिल फिल्म्सले संयुक्त रुपमा निर्माण गरेका हुन् ।

फिल्म चैत्र ८ बाट गते देखि प्रदर्शन हुनेछ ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.