जब प्रदिपको आगनीमा जसिता आइन

चैत्र २२ गतेबाट देशब्यापी प्रर्द्शनमा आउने तयारीमा रहेको फिल्म ‘लभ स्टेशन’मा समावेश ‘मेरो आगनी’मा बोलको गीत सार्वजनिक भएको छ । फिल्म निर्माण टिमले मंगलवार युटुब मार्फत सार्वजनिक गरेको उक्त गीत अहिले युटुब ट्रेनिङमा छ ।

सार्वजनिक गीतमा प्रदिपले मेरो आगनीमा आज जुन उदायो भन्दै जसिताको मूड फ्रेस बनाउन खोजेका छन् । गीतमा सुरज लामाको स्वर, उज्वल घिमिरेको शब्द, सम्बुजित वास्कोटाको संगीत रहेको गीतलाई रिकेश गुरुङले एरेन्ज गरेका हुन् ।

लभ स्टेशनलाई काफिया फिल्मस्को व्यानरमा काफिया शाही (क्रिसु) र कविरबिक्रम शाहीले निर्माण गरेका हुन् । आलोक शुक्लाको छायाँकन रहेको फिल्ममा शम्भुजीत बासकोटा, दीपक शर्मा, राजनराज शिवाकोटी र एलिश कार्कीको संगीत छ ।

फिल्मको निर्माण नियन्त्रकमा राजेन्द्र रावल छन् । फिल्ममा प्रदीप र जसितासँगै रमेश बुढाथोकी, प्रकाश शाह, रेशु भट्टराई, बिनोद कुमार पौड्याल, प्रिया रिजाल, सरु बिष्ट, रवी डंगोल, दिनेश काफ्ले, कालु रानासहितको अभिनय छ ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.