एकअर्का बिना छटपटीए नाजिर र शिल्पा ( भिडियो )

चैत्र ८ गतेबाट देशब्यापी प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘कागज पत्र’मा समावेश ‘तिमी जाने बाटो कता’ गीत सार्वजनिक भएको छ । निर्माण टिमले युटुब मार्फत सार्वजनिक गरेका उक्त गीतमा अनुपन शर्मा र प्रबिषा अधिकारीको स्वर, संगीत सापकोटाको शब्द तथा संगीत रहेको गीतमा शिल्पा मास्के र नाजिर हुसेन प्रेम पिडामा छटपटी रहेको देखाइएको छ ।

इपी एजुकेशन अष्ट्रेलियाको प्रस्तुतकर्ता रहेको फिल्म वल्र्डवाइड फिल्मस् र अस सिनेमाको संयुक्त व्यानरमा निर्माण भएको हो । फिल्ममा अपिल बिष्टको लेखन तथा निर्देशन रहेको छ ।

सामाजिक तथा कमेडी कथामा निर्माण भएको कागजपत्रमा खिलेन्द्र तिम्सीना, मुकेश रेग्मी र प्रजापती सिवाकोटी निर्माता रहेको छन भने किरण न्यौपाने र सरस्वती श्रेष्ठ सह-निर्माताको रुपमा रहेका छन् । फिल्ममा बसन्त सापकोटा र संगीत सापकोटाको संगीत, क्यासीमिर डिक्सनको छायाँकन, निमेष श्रेष्ठको सम्पादन रहेको छ ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.