होलीको उत्सवमा फिल्मको प्रचार

सुत्र इन्टरटेन्मेन्ट- नेपाली फिल्मका फिल्मीकर्मीले सिनेमाको प्रचारका लागि कुनै पनि समय छाड्दैनन् । कुनै चाडपर्वमा उनीहरु कतै पुग्नुपर्यो भने, त्यसमा के फाइदा छ भनेर हेर्छन् र पुग्छन् । झन्, होली पर्व त कलाकारका लागि सबैभन्दा लोभिन पर्व हो ।

दर्शकले होली पर्वमा एउटा कुरा याद गरेका छन् या छैनन् । विभिन्न स्थानमा आयोजना हुने कार्यक्रममा पुग्ने जती पनि कलाकार छन्, ती कलाकार यसै पुग्दैनन् । उनीहरुको सिनेमा रिलिजको मिति नजिक आएको हुनुपर्छ । मिति नजिक आएको छ भने कलाकार बाहिर निस्कन्छन् र विन्दास होली खेलछन् । सिनेमा रिलिज संघारमा नभएका कलाकारले होलीमा खासै उपस्थिती जनाएको पाइदैन ।

वुधबार पहाडी भेगमा मनाइएको होलीमा पनि यस्तै दृश्य देखिएको थियो । अभिनेता सलिनमान बनियाँ खासै बाहिर ननिस्कने कलाकारको रुपमा चिनिन्छन् । तर, यसपटक भने उनी खुबै डुलेका छन् ।

उनी, होलीको अवसरमा अधिकांश ठाउँमा पुगे । उनले अभिनय गरेको सिनेमा यात्रा चैत्र २९ गतेबाट रिलिज हुँदैछ । यही भएर पनि हो, उनी यसपटक बाहिर निस्किए र होली खेले ।

अभिनेत्री आँचल शर्मा, अभिनेता पुष्पल खड्कालाई पनि होली लाग्यो । वैशाख २० गतेदेखि रिलिज हुन लागेको सिनेमा दाल भात तरकारीका कारण उनीहरु बढी व्यस्त बनेका थिए ।

अभिनेता दयाहाङ राई पनि यसपटक होलीमा थुप्रै ठाउँमा पुगेका थिए । उनले पनि सिनेमा साँइलीको प्रचार गरे । सिनेमाको प्रचार गर्न पनि पाइने, होली खेल्न पनि पाइने । यही भएर नै हो कलाकारहरु होलीमा बढी निस्किएका पाइन्छन् ।

जसले सिनेमाको प्रचार गर्नुपर्दैन उनीहरु कम मात्र बाहिर निस्कन्छन् । नेपाली सिनेमाका कलाकारले पनि आजको होलीलाई धुमधामसँग मनाएका छन् । यसले सिनेमाको व्यापारमा फाइदा पुग्ने उनीहरुको विश्वास छ ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.