‘क्याप्टेन’हेरेपछि प्रधानमन्त्री ओली ; अनमोललाई चिन्दिन तर इशान ‘बेस्ट प्लेयर’ हो

फाल्गुन १७ गतेबाट देशब्यापी रुपमा प्रर्दशनमा आएको फिल्म ‘क्याप्टेन’ हेर्न प्रधानमन्त्री केपी शर्मा ओली उनको श्रीमती र बुवाको साथमा बुधबार हल पुगेका छन् ।

होलि अर्थात फाल्गु पुर्णिमाको विशेष अवसर पारेर ओली आफ्नो परिवारको साथमा काठमाडौंको कमलादी स्थित रहेको बिग मुभिजमा पुगेका हुन् ।

हल पुगेका उनले फिल्म हेरेर बाहिर निस्कदा फिल्म निकै राम्रो बनेको बताए । उनले विशेष फिल्ममा इशान अर्थात अनमोलको काम निकै मन परेको भन्दै फिल्मका क्यारेक्टर इशानलाई ‘बेस्ट प्लेयर’को उपाधि समेत दिइएका छन् । साथै उनले अनमोल हैन इशानलाई मात्र आफुले चिनेको र अनमोल को हुन् भन्ने थाहा नभएको बताए ।

निर्देशक दिवाकर भट्टराईको निर्देशनमा निर्माण भएको फिल्मलाई अभिनेता भुवन केसीले निर्माण गरेका हुन् । फिल्ममा एउटा सानो गाउँबाट राष्ट्रिय फुटबलको विजेतासम्म बन्न सफल एक युवकको संघर्षको कथालाई समावेश गरिएको छ ।

फिल्ममा अनमोलसँगै अभिनेता सरोज खनाल तथा प्रशान्त ताम्राका, उपासना सिंह ठकुरी र प्रियंका एमभी लगाएतका कलाकारहरुको मुख्य अभिनय रहेको छ ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.