लय संग्रौलाको उमेद्वारी घोषणा

नेपाल चलचित्र कलकार संघको यही चैत्र २३ गते हुने निर्वाचनका लागि कलाकार लय संग्रौलाको उमेद्वारी घोषणा भएको छ । केही दिन पहिला फेस बुक स्टाटस मार्फत आफ्नो उमेद्वारी घोषणा गरेका लयले आज एक प्रेस विज्ञप्ति मार्फत आधाकारिक रुपमा संघको अध्यक्ष पदका लागि उमेद्वारी घोषणा गरेका हुन् ।

उनले उमेद्वारी घोषणा गरेको प्रेस विज्ञप्तिमा स्वर्गीय रामकेशर बोगटीसँग प्रतिस्पर्धामा अध्यक्ष पदमा पराजित भएको कुरा स्मरण गर्दै बोगटीले राम्रा काम गरेको र उनले अघि सारेका राम्रा कामलाई पुरा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

यस्तो छ प्रेस विज्ञप्ति:
आदरणीय कलाकार तथा पत्रकार वन्धुहरु, तीन वर्ष अघि म स्वर्गीय रामकेशर बोगटीसँग प्रतिस्पर्धामा अध्यक्ष पदमा पराजित भएको कुरा स्मरण गराउँदै मेरा केही कुराहरु राख्न चाहन्छु । स्व. रामकेशर जीलाई ८ महिना अघिनै एक भेटमा तपाईंले नेपाल चलचित्र कलकार संघका लागि राम्रो कार्ययोजना ल्याउँनु भएकाले तपाईंका कार्ययोजना पुरा गर्न अर्को कार्यकाल पनि पुनः अध्यक्षका बन्न आग्रह गरेको थिए । आफसोच उक्त खुसी साटा–साट गर्न नपाउँदै उहाँको असामयिक निधनले मलाई दुखित तुल्याएको छ । त्यसैले उहाँले थालेका कार्ययोजना साकार पार्ने उद्देश्यका साथ पुनः एकचोटी मैले अध्यक्षमा उम्मेद्वारी दिने घोषणा गरेको छु । मलाई कलाकारहरुले विजय गराउनु भयो भने म संघका लागि निम्न काम गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।

१. स्व. रामकेशर बोगटीले अघि सारेको संघको भवन निर्माण कार्य एक वर्ष भित्र पुरा गराई संघलाई भाडा नतिर्ने अवस्थामा पु¥याउने छु ।
२. स्व. रामकेशरले अघि बढाएको कलाकार कल्याणकारी कोषलाई निरन्तरता दिँदै कोष वृद्धि मेरो मुख्य एजेण्डामा राखेको छु ।
३. कलाकारहरुलाई एकताबद्ध बनाउँदै संघको गरिमा र कलाकारको व्यावसायिकता तर्फ संघले गर्नुपर्ने सबै कार्यका लागि म सदैब तत्पर रहनेछु ।
४. कलाकार प्राविधिक तथा निर्माताहरुको लगानीलाई सुरक्षित पार्ने अभियानमा अग्रसर रहनेछु ।
५. कलाकारहरुलाई विभाजित मानसिकताबाट मुक्त गराई विशुद्ध कलाकार संघ बनाउने मेरो कार्य योजना भित्र रहनेछ ।
६. कलकार तथा प्राविधिकहरुको जीवन सुरक्षाका लागि जीवन बीमा योजनालाई सक्रियताका साथ लागु गर्नेछु ।
७. कलकारहरुको हक हित, सुरक्षा, स्वास्थ्य र ज्येष्ठ कलाकारहरुको जीवन निर्वाहका लागि उचित योजना ल्याउने छु र योजना कार्यन्वयन गर्न सक्रियतापूर्वक पहल गर्नेछु ।

आदरणीय कलाकार बन्धुहरु, म फुर्सद अवस्थामा रहेकोले मेरो पुरै समय संघमा लगाउने छु । तपाईंहरुको भरोशा र विश्वासको मत खेर जाने छैन् । कलाकार साथीहरु सपना बाडनेको पछि नलाग्न अनुरोध गर्दछु । एक पटकको अवसर, सदैव संघको भविष्य उज्वल । जय कलकार ।
लय संग्रौला
कलाकार

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.