फ्राइडे रिलिज ‘प्रेम लीला’ र ‘कागजपत्र’, कसले मार्ला त बाजी !

शुक्रबार अर्थात आज बाट देशका विभिन्न हलहरुमा एकसाथ् दुई फिल्म प्रर्दशनमा आएका छन् । ती फिल्म हुन् ‘प्रेम लीला’ र ‘कागजपत्र’ ।

केहि समय देखि हरेक शुक्रबार दुई वा सो भन्दा बढी फिल्म रिलिज हुने गर्दछन । नेपाली फिल्म निमार्ण कर्ता बलिउडसँग भन्दा पनि आफ्नै क्षेत्रका फिल्मसँग जुधाउन रूचाउ छन ।

यसैक्रममा रिलिज यी दुई फिल्म मध्य कुन फिल्मले दर्शकमाझ आफ्नो प्रचस्व कायम गर्ने हो त्यसको लागी भने केहि समय कुर्नु पर्ने हुन्छ ।

अन्तर्देशीय प्रेमकथा समेटिएको फिल्मको फर्स्ट लुक, दुई गीत र ट्रेलर पनि सार्वजनिक भइसकेको छ । फिल्ममा दीपशिखा खड्का, भारतीय मोडल अलिखान, मौसम खड्का, सुरज तमु, रेखाशाह, शर्मिलाशर्मा, भारतीय कलाकारहरु अर्चनाशुक्ला, ट्वीकंल श्रीवास्तव लगायतको अभिनय रहेको छ । नायिका खड्का कै कथातथा लेखन रहेको फिल्मलाई नानी मैया कार्की र फैजिल फिल्म्सले संयुक्त रुपमा निर्माण गरेका हुन् ।

सामाजिक तथा कमेडी कथामा निर्माण भएको कागजपत्रमा खिलेन्द्र तिम्सीना, मुकेश रेग्मी र प्रजापती सिवाकोटी निर्माता रहेको छन भने किरण न्यौपाने र सरस्वती श्रेष्ठ सह-निर्माताको रुपमा रहेका छन् । फिल्ममा नाजिर हुसेन, शिल्पा मास्के, भोलाराज सापकोटा, सरिता गिरी, लोकेन्द्र लेखक लगाएतका कलाकारहरुको मुख्य अभिनय रहेको छ ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.