‘कागजपत्र’को प्रिमियरमा स्टाटबारे वर्षाले खोलिन मुख, नाजिर भन्छन ‘कहिले काहि हामी बोल्ने समय ठिक हुन्न’

चैत्र ८ अर्थात शुक्रबारवाट देशव्यापी रुपमा प्रर्दशनमा आएको फिल्म ‘कागजपत्र’ले आफ्नो प्रिमियर शो सम्पन्न गरेको छ । बिहिबार राजधानी स्थित सम्पन्न प्रिमियर शोमा विभिन्न फिल्मकर्मी, पत्रकार लगएत निर्माण टिमको उपस्थिति रहेको थियो ।

सम्पन्न प्रिमियर शो हेर्ने सम्पुर्णले फिल्मले साधारण कथा वस्तु बोल्ने तर एकपटक सबैले हेर्नु पर्ने खाल्को फिल्म बनेको बताए । यसै गरि प्रिमियर शोमा पुगेकी अभिनेत्री वर्षा शिवाकोटीले पनि फिल्म नीकै राम्रो रहेको र नाजिर र शिल्पा आफ्नो बेस्ट फ्रेन्ड भएको बताउदै नाजिर भन्नसाथ फिल्म पक्कै पनि राम्रोनै हुन्छ भनेकी छिन ।

यसै गरि उनले केहि समय अगाडी समाजिक संजाल मार्फत लेखेको स्टाटसकाबारे समेत बताएकी छिन । उनको सपोर्टमा नाजिरले बोल्दै स्टाटसमा आफ्नो मनको कुरा बताए हो । हामी कलाकारले भन्नेनै त तपाईहरुलाई हो । कतिपय कुरा भन्दाको टाईमिंग खबर भएर नराम्रो हुने बताए र सोहि कुरामा बर्षाले सहमति जनाउदै नेपाली फिल्म जगतलाई अहिले एकअर्कको साथ र सपोर्टको आवश्कता रहेको बताईन ।

इपी एजुकेशन अष्ट्रेलियाको प्रस्तुतकर्ता रहेको फिल्म वल्र्डवाइड फिल्मस् र अस सिनेमाको संयुक्त व्यानरमा निर्माण भएको हो । फिल्ममा अपिल बिष्टको लेखन तथा निर्देशन रहेको छ ।

सामाजिक तथा कमेडी कथामा निर्माण भएको कागजपत्रमा खिलेन्द्र तिम्सीना, मुकेश रेग्मी र प्रजापती सिवाकोटी निर्माता रहेको छन भने किरण न्यौपाने र सरस्वती श्रेष्ठ सह-निर्माताको रुपमा रहेका छन् । फिल्ममा बसन्त सापकोटा र संगीत सापकोटाको संगीत, क्यासीमिर डिक्सनको छायाँकन, निमेष श्रेष्ठको सम्पादन रहेको छ ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.