गम्भिर कथामा सस्तो प्रस्तुती ‘कागजपत्र’ ( फिल्म समिक्षा )

सुत्र इन्टरटेन्मेन्ट- झुम्की सिनेमा निर्देशन गरेका निर्देशक भएकाले पनि निर्देशक अपिल बिष्टबाट धेरै आशा गर्ने ठाउँ छ । उनले निर्देशनमा संभावना पनि देखाएका छन् ।
उनै अपिलले बनाएको दोश्रो सिनेमा कागजपत्र आजबाट रिलिज भएको छ । सिनेमा बजारमा आइसकेकाले हामी तपाइलाई यो सिनेमा कस्तो छ भनेर चर्चा गर्दैछौ ।

कथावस्तु
नेपालमा हुलाक कार्यलयमा पिउनको जागिर खाने भोलाराज सापकोटा, श्रीमान्को कमाइबाट सन्तुष्ट हुन नसकेकी सरिता गिरी, सरिताकी बहिनी शिल्पा मास्के र उनका प्रेमी नाजिर हुसेन । यी चार पात्रको कथामा सिनेमा बगेको छ । श्रीमानलाई अष्ट्रेलिया पठाउनका लागि जे सुकै गर्न पनि तयार सरिताले अष्ट्रेलिया नै जान लागेकी बहिनी शिल्पा मास्केसँग बिहे गराइदिन पनि तयार हुन्छिन् । तर, शिल्पा र भोला प्रेमी र श्रीमती छाडेर अष्ट्रेलिया जान्छन् या जादैनन्, यही कथामा यो सिनेमा बनेको छ ।

सकारात्मक पक्ष
सिनेमाले उठान गर्न खोजेको कथावस्तु राम्रो छ । विदेश जानकै लागि नक्कली कागजपत्र बनाएर भासिने धेरै यूवायूवती र परिवारको कथा यसले उठान गरेको छ । अर्कोतिर, श्रीमान् विदेश गएपछि पर पुरषसँग सल्किएर श्रीमानको पसिनाको मुल्य सबै सक्ने श्रीमतीको कथा पनि यो सिनेमामा देखाइएको छ । यस्तो कथा उठान गर्नका लागि निर्देशकले जोखिम मोलेका नै हुन् । सिनेमाको संवाद २ अर्थ लाग्ने खालको धेरै छ, तर दर्शक हाँस्छन् । सिनेमाले दर्शक हसाँउन सकेको छ । सिनेमाको छायांकन पनि तारिफयोग्य नै छ । दाङमा खिचिएको यो सिनेमाले पात्र अनुसार क्यामेरा घुमाएको छ । सिनेमाको गीत पनि कथा अनुसार राम्रो छ ।

नराम्रो के छ ?
सिनेमाको कथा गम्भिर हो । यो कथा अहिले नेपाली समाजमा खुबै देखिन्छ पनि । तर, यसलाई यो सिनेमाले फिस्स तरिकाले प्रस्तुत गरेको छ ।
विशेषगरि, सिनेमाको गम्भिर कथालाई दुई अर्थ लाग्ने अझ भनौ छाडा संवादले मारिदिएको छ । निर्देृशकले यो कथामा अझै अध्ययन गरेर गम्भिरता खोजेको भए दर्शकले पनि ताली बजाउने थिए । तर, दुई अर्थ लाग्ने संवादमा दर्शकलाई हसाएर सिनेमा चल्छ भन्ने भ्रममा निर्देशक छन् । यो उनको कमजोरी हो ।

सिनेमाको दोश्रो हाफ कमजोर छ । सिनेमाको क्लाइमेक्स दर्शकका लागि खासै सुखद छैन । कथाले अन्त्य खोज्न नै सकेको छैन ।

हेर्ने कि नहेर्ने ?
नेपाली समाजमा भैरहेको घटनालाई दुई अर्थ लाग्ने कमेडी संवादबाट प्रस्तुत गरिएको सिनेमा हेरेर तपाई रमाइलो लिन सक्नुहुन्छ भन्ने हेर्नुहोला । विशेषगरि, परिवार एकसाथ गएर सिनेमा हेर्न तपाइलाई मुश्किल पर्न सक्छ ।
सिनेमाको कथा गम्भिर छ । तर, यसको प्रस्तुती निकै नै फितलो छ ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.