अनमोलको ‘परान’बन्दै सुहाना

अभिनेत्री तथा निर्देशक झरना थापाको निर्देशनमा निर्माण हुने फिल्म ’ए मेरो हजुर ३’मा समावेश ‘परान’बोलको गीत सार्वजनिक भएको छ । शुक्रबार निर्माण टिमले युटुब मार्फत सार्वजनिक गरेको लोक प्रविधमा बनेको यो गीतलाई निकै रमाइलो ढंगमा प्रस्तुत गरिएको छ ।

सार्वजनिक गीतमा आशिष अविरल र अन्जु पन्तको स्वर, आनन्द अधीकारीको शब्द, गायक अविरलकै संगीत/एरेन्ज, एच.बि.एन किस्मतको मिक्सिंग रहेको गीतमा अनमोल केसी, सुहाना थापा, सलोन बस्नेत र आमेश भण्डारी मुख्य फिचर्ड छन् ।

सुहाना इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भइरहेको यो फिल्म रोमान्टिक लभस्टोरी जानरामा बन्ने छ । फिल्ममा अनमोल र सुहानाका अलावा सलोन बस्नेत, अर्पण थापा, रविन्द्र झा लगाएतका कलाकारहरुको अभिनय रहेको छ ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.