‘कलंक’को ‘फस्ट क्लास’ ( भिडियो )

बलिउड चर्चित अभिनेत्री आलिया भट्टको मुख्य अभिनय रहेको फिल्म ‘कलंक’को समावेश ‘फस्ट क्लास’ बोलको गीत सार्वजनिक भएको छ ।

शुक्रबार यूटुब मार्फत सार्वजनिक उक्त गीतमा अर्जित सिंह र नीति मोहनको स्वर, अमिताभ भट्टचार्यको शब्द तथा प्रितमको संगीत रहेको गीतमा आलिया भट्ट, वरुण धावन, माधुरी दीक्षित र काइरा मुख्य फिचर्ड छन् ।

अभिषेक बर्मनको निर्देशनमा तयार भएको फिल्ममा संजय दत्त, माधुरी दिक्षित, आलिया भट्ट, वरुण धवन, सोनक्षी सिन्हा, आदित्य रोय कपूर लगायतका कलाकारको अभिनय रहेको छ ।

फिल्म अप्रिल १७ बाट प्रदर्शनमा आउने तयारीमा रहेको छ ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.