अनमोल र सुहनाको ‘परान’लाई २४ घण्टा नपुग्दै १० लाख पटक हेरियो

मेघा स्टार अनमोल केसीको मुख्य अभिनय रहेको फिल्म ’ए मेरो हजुर ३’मा समावेश ‘परान’बोलको गीतले सार्वजनिक भएको २४ घण्टा नपुग्दै युटुबमा तहल्का मचाई रहेको छ ।

शुक्रबार दिउँसो युटुब मार्फत सार्वजनिक भएको सो गीतले २४ घण्टा नपुग्दै १० लाख भन्दा बढी भिउज बनाउन सफल भएको छ । सो गीतमा अहिले सम्म दश(१०) लाख २५ हजार १ सय २३ दर्शकको नजर परिसकेको छ ।

सम्भवत पहिलो पटक टिपिकल नेपाली पहिरन ढाकाटोपी र दौरा सुरुवाल लगाएर अनमोल विवाह समारोहमा सुहानासँग रमाई रहेका गीतमा देखाइएको छ । यो फिल्मको दोश्रो गीत हो । जुन सार्वजनिक भएसंगै दर्शकमाझ फिल्मको हाइप निकै बढाई रहेको छ ।

सार्वजनिक गीतमा आशिष अविरल र अन्जु पन्तको स्वर, आनन्द अधीकारीको शब्द, गायक अविरलकै संगीत/एरेन्ज, एच.बि.एन किस्मतको मिक्सिंग रहेको छ भने गीतमा अनमोल केसी, सुहाना थापा, सलोन बस्नेत र आमेश भण्डारी मुख्य फिचर्ड छन् ।

अभिनेत्री तथा निर्देशक झरना थापाको निर्देशनमा बन्ने यो फिल्म सुहाना इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भइरहेको छ । फिल्ममा अनमोल र सुहानाका अलावा सलोन बस्नेत, अर्पण थापा, रविन्द्र झा लगाएतका कलाकारहरुको अभिनय रहेको छ ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.