हातिवनमा सलिन मान

डेब्यु फिल्मबाटै दर्शकको मन मस्तिष्कमा छाउन सफल अभिनेता सलिन मान बनिया अभिनित फिल्म ‘यात्रा:अ म्युजिकल भ्ल्ग’ को प्रमोसनको क्रममा हातिवनमा रहेको लिटल एन्जल्स कलेजमा पुगेका छन् ।

एलए कै तेस्रो वर्षमा अध्यनरत विधार्थीको आयोजना रहेको’एलए कल्चर फेस्ट २०१९’ को समापन समारोहमा सलिन आफ्नो यात्रा टिम सहित पुगेका थिए । सलिनसँगै डेब्यु गर्ल मलिका महत , सलोन बस्नेत , जान्हवी बस्नेत , प्रेक्षा बज्राचार्य , रेअर राई , विशाल कटवाल लगायतले उक्त फेस्टका विनरलाई प्राइज वितरण गर्दै फिल्मको बारेमा जानकारी समेत गराउदै चट्ट रुमालमा डान्स समेत गरे ।

सलिन कलेजमा प्रवेश भएसँगै उनिसँग सेल्फी खिच्न स्टुडेन्टको लाइन झैँ लागेको थियो । फिल्म तथा सामाजिक सञ्जाल मार्फत सलिनको फलोअर्स बनेका विधार्थीले उनको फिल्मको बारेमा जानकारी लिदै शुभकामना समेत दिए । सलिनले नेपाली फिल्मलाई माया गर्न आग्रह गर्दै युवा पुस्ताले फिल्म हेरेर प्रतिक्रिया दिन आग्रह गरे । उनले फिल्म क्षेत्रलाई अगाडी बढ्न युवापुस्ताको साथ चाहिने समेत बताए ।

उनिसँगै सलोनले गीत गाउँदै आफ्नो फिल्म यात्राको डायलग समेत सुनाएका थिए । यात्रामै आधारित विषयवस्तुमा आधारित फिल्ममा सलिन भ्ल्गिस्टको भूमिका छन् ।

कोटकी कालिका देवीफिल्म्स प्राइभेट लिमिटेड , क्रिएटिभ फिल्म प्रोडक्सन र हरि ओम सिने मेकर्सको ब्यानरमा निर्माण भईरहेको फिल्ममा सुशील पोखरेल निर्माता रहेका छन् भने सर्जुमान लिगल कार्यकारी निर्माता रहेका छन ।

फिल्ममा वरिष्ठ संगीतकार शम्भुजित बास्कोटाकोसँगै प्रतिक पौडेल र कोविद बज्रको संगीत, कविराज गहतराज र प्रविन सिंहको कोरियोग्राफी , हिमाल केसीको द्वन्द, बनिश शाहको सम्पादन रहेको फिल्मलाई संजय लामाले क्यामरामा कैद गरेका छन ।

फिल्ममा सलिनका अलावा सलोन बस्नेत , जान्वी बस्नेत , जय नन्द लामा , रेअर राई , प्रेक्षा बज्राचार्य , धिरेन शाक्य , राजाराम पौडेल , विशाल कटवाल , समृद्धि राई , योगेश जंग कुँवर , इश्वर पौडेल , नानीकाजी डंगोल , राजेश बिसुराल , इश्वर पौडेल , बिशाल पहाडी , प्रजोल भट्टराई , देशभक्तखनाल , कमल मैनाली , सौगात शर्मा लगायतका कलाकारहरुको अभिनय रहको छ ।

फिल्म चैत्र २९ गते बाट देशब्याप्पी प्रर्दशनमा आउदै छ ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.