‘दालभात तरकारी’ ४५ लाखमा अस्ट्रेलिया बिक्री

बैशाख २० गतेबाट देशव्यापी प्रर्द्शनमा आउने तयारीमा रहेको फिल्म ‘दालभात तरकारी’ अस्ट्रेलियामा बिक्री भएको छ । फिल्मको दुई गीत ‘भिजिट भिसा’ र ‘दालभात तरकारी’ बोलको टाईटल गीत सार्वजनिक भएसंगै फिल्मको विदेशमा उच्च माग भएपछि अस्ट्रेलिया राइट्समा फिल्म ४५ लाखमा बिक्री भएको हो ।

अबको केहि दिनमा फिल्मको ट्रेलर सार्वजनिक हुनेछ र ट्रेलर सार्वजनिक भए पछि फिल्मको माग अझै बढने निर्माण टिमले जनाएको छ ।

किरण केसीको प्रस्तुतिमा मह संचारको ब्यानरमा निर्माण हुने फिल्मलाई निर्माता तथा कलाकार किरण केसीका सुपुत्र सुदन केसीले निर्देशन गर्ने भएका छन् । उनको यो डेब्यु निर्देशन हो ।

‘शत्रु गते’ कै सम्पूर्ण टिम रहने फिल्म ‘दाल भात तरकारी’ मा पनि मल्टिस्टारर कलाकारहरुको बाहुल्यता छ । यो फिल्ममा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, निरुता सिंह, प्रियंका कार्की, पुष्पल खड्का, आचल शर्मा , वर्षा राउत, बसुन्धारा भुषाल लगायतका कलाकारहरुको मुख्य अभिनय रहेको छ ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.