एकपछि अर्को गर्दै ‘साइँली’ शर्ट प्रोमो रिलिज

फिल्म प्रर्दशन मिती नजिकिएसंगै निर्माण टिमले अहिले फिल्म प्रचारप्रसारको अनेकै फण्डा अपनाउने गरेको छ । फिल्म प्रचारप्रसारको लागि निर्माण टिम गाउशहर भम्रण देखि लिएर स्कुल,कलेज, विभिन्न प्रोग्राम, कन्सर्टसंगै अहिले शर्ट प्रोमो रिलिज सम्म पुगेको छ ।

यसैक्रममा गौरव पहाडी र मेनुका प्रधानको मुख्य अभिनय रहेको फिल्म ‘साइँली’को प्रर्दशन मिती नजिकिएसंगै निर्माण टिमले फिल्मको शर्ट प्रोमो रिलिज गरेको छ ।

निर्माण टिमले अब फिल्म प्रर्दशन हुन केहिदिन मात्र बाकी रहदा एकपछि अर्को गर्दै फिल्मको शर्ट प्रोमो रिलिज गरिरहेको छ । फिल्मको प्रोमो रिलिजको मुख्य कारण भने फिल्म प्रर्दशन मिती नजिकिदै गर्दा दर्शकमाझ फिल्मको प्रचारप्रसार भन्ने बुझन सकिन्छ ।

जिएच इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको फिल्मलाई निर्देशक राम बाबु गुरुङले निर्देशन गरेका हुन भने उनकै कथामा रहेको साइली फिल्ममा विशाल गुरुङ र मोहन थापा निर्माता रहेका छन् । फिल्ममा काली प्रसाद बास्कोटा, सुशान्त गौतमको संगीत, शैलेन्द्र डि। कार्कीको छायांकन, निमेष श्रेष्ठको सम्पादन रहेको छ ।

फिल्म चैत १५ बाट देशव्यापी प्रदर्शनमा आउने छ ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.