‘मणिकर्णिका’ले नेशन अवार्ड नपाए त्यस क्रेडबिलिटी प्रश्न उठने कंगनाको दाबी

बलिउड चर्चित अभिनेत्री कंगना रनावतले शनिवार आफ्नो परिवारसंग जन्मदिन मनाए पश्यात आइतबार मिडियामाझ आएकी छिन । उनले आइतबार मिडियासंग कुरा गर्दै आफ्नो बायोपिकमा काम नगर्ने र उनि नयाँ फिल्म ‘जयललिता’मा अनुबन्धित भएको बताएकी छिन ।

चार पटक सम्म नेशनल अवार्ड जितिसकेकी कंगना भन्छिन, ‘यो वर्षको नेशनल अवार्ड पनि उनको फिल्म ‘मणिकर्णिका’ले पाउनु पर्छ ।’मणिकर्णिका’ले नेशनल अवार्ड पाएन भने नेशन अवार्डको विश्वसनीयतामा प्रश्न उठने छ । यो वर्षको राष्ट्रिय सम्मानको लागी यो भन्दा राम्रो अरु कुनै पनि फिल्म हुदैन ।’

उनि भन्छिन, ‘कहिले काही कसैको काम, अभिनय, कला आफैमा यति राम्रो हुन्छ कि त्यसले सम्मान पाएन भने सम्मान गर्ने सस्थाकै अपमान हुनेछ । यदि मेरो फिल्मले राष्ट्रिय सम्मान पाएन भने राष्ट्रिय सम्मानको क्रेडबिलिटीमा नै प्रश्न उठने छ ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.