बोर्ड अध्यक्ष ठूला नारा, काम अधुरा

सुत्र इन्टरटेन्मेन्ट- चलचित्र विकास बोर्ड नेपाली फिल्मका लागि सरकारी तबरको सबैभन्दा ठूलो संस्था हो । बोर्डले काम गरिदिने हो भने नेपाली फिल्ममा ठूलो परिवर्तन भैसक्थ्यो । तर, बोर्डमा आउने अध्यक्षहरु काम भन्दा कुरा ठूला गर्ने मात्र छन् । यसैले पनि बोर्डमा आउने अध्यक्षको सुस्ततासँगै चलचित्र क्षेत्रको गती पनि सुस्त नै छ ।

सोमबार बेलुकी चलचित्र विकास बोर्डका नयाँ अध्यक्ष केशव भट्टराइले पद ग्रहण गरेका छन् । पद सम्हाल्दै गर्दा उनले केही महत्वकांक्षी र केही तत्कालिन योजना सुनाए ।
बोर्ड अहिले लथालिंग छ । बोर्डले गर्नुपर्ने काम पनि धेरै छन् । यो सरकार जस्तै भट्टराई पनि चुनौती नै चुनौतीको पहाडको विचमा बोर्ड अध्यक्ष बनेका छन् ।

अध्यक्ष भट्टराइले बक्स अफिस प्रणाली लागू गराइछाड्ने बताए । हुनत, यो नारा अहिलेका बोर्ड अध्यक्षको मात्र होइन । राजकुमार राई, निकिता पौडेलदेखि केशव भट्टराइसम्मले यो नारा अगाडि सारेका छन् । तर, बक्स अफिस प्रणालीको गती कती सुस्त छ भन्ने कुरा सबैलाई जानकारी नै छ ।

बक्स अफिसको नारा सबैभन्दा सस्तो नारा बनेको छ । नारा मात्र लगाउने तर काम नगर्ने प्रथा हरेक बोर्ड अध्यक्षको छ । यसैले पनि यसपटक पनि केशवको कार्यकालमा बोर्डको अध्यक्ष बन्ने प्रथा नारामा मात्र सिमित नहोस् ।
अहिलेको सबैभन्दा विजोग अवस्था भनेको हिन्दी सिनेमा र नेपाली सिनेमाको प्रदर्शन र शोजको कुरा हो ।

हिन्दी सिनेमालाई जुनसुकै बारमा पनि रिलिज गर्न तछाडमछाड गरिदिने वितरकहरु नेपाली सिनेमाको ढाड सेकिदिन्छन् ।
हिन्दी सिनेमा बुधबार नै रिलिज हुँदा चुप बस्ने विकास बोर्डले अब यसपटक भट्टराई अध्यक्ष भएपछि के गर्छ हेर्न बाँकी छ ।

नेपाली सिनेमाको अवस्था भद्रगोल भएको समयमा केशव बोर्डको अध्यक्षमा आएका छन् । नारा लगाउन सजिलो छ । तर, काम गरेर त्यसलाई देखाउन गाह्रो छ ।
बोर्डको अध्यक्षमा आएका केशव भट्टराइको अनुभव करिब ४ दशकको छ । यसैले पनि उनीबाट नेपाली फिल्मले आशा राख्न सक्छ ।

तर, उनका भनाई नारामा मात्र सिमित नहुन् । किनकी, नेपाली फिल्मको विकासका लागि भनेर हिन्दी सिनेमाको ट्याक्सबाट पालिने संस्था हो बोर्ड । यस्तो अवस्थामा बोर्डमा काम गर्न सजिलो छैन ।
नेपाली सिनेमाको अवस्था अदोगतीतर्फ गैरहेको समयमा निर्माता भएर लामो समय अनुभव र पीडा दुबै भुलेका केशवबाट आशा गर्न सकिन्छ । तर, ठूला नारा, काम अधुरा नहुन् । शुभकामना ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.