अभिनय भन्दा सामाजिक कार्यमा सकृय बन्दै कलाकार, पलले गरे भिमको घर शिलान्यास

चर्चित अभिनेता पल शाहले देबघाटका भीमबहादुर बि.कको घर शिलन्यास गरेका छन् । पलले देबघाट पुगेर भिमको घर शिलान्यास गर्दै घर बनाउन उनले आर्थित, सामाजिक, भौतिक सबै खाल्को सहयोग गर्ने बताएका छन् ।

नेपाली कलाकारहरु अहिले अभिनय भन्दा पनि सामाजिक कार्यमा दिन-दिनै सक्रिय बन्दै गएका छन । यसैका अर्का उदाहरण बन्दैछन् पल शाह । उनले पनि अन्य सेलिब्रेटी सहर सामाजिक कार्यममा अघि सर्न सुरु गरेका छन् ।

भिम बहादुर अहिले सामाजिक संजाल मार्फत भाइरल बनिरहेका ५० वर्षीय व्यक्ति हुन् । अहिले भीम घर बनाएर आमा-बाबुलाई राख्ने लक्ष्य राखेर सामाजिक संजाल मार्फत छाइरहेका छन् । उनको ५ वर्ष अगाडी आगोलागी भएर घर जलेर नष्ट भएको थियो । अर्को घर बनाउन नसकेका कारण बर्खा याममा पानी चुहिने, गर्मिमा घाम घर भित्रै आउने लगाएका दुख सहेर बसी रहेका थिए ।

उनि ५० वर्षका भएता पनि उनको व्यवहार भने ७ वर्षीय बालक को जस्तो छ । सोहि कारण सामाजिक संजाल मार्फत उनलाई सकारात्मक तथा नकारात्मक दुवै प्रकारको प्रतिक्रियाहरु आइरहेको छ ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.