साम्राज्ञी र पुष्पलको ‘मारुनी ‘मा सम्पदाको इन्ट्री

चर्चित अभिनेत्री साम्राज्ञी आरएल शाह र अभिनेता पुष्पल खड्काको मुख्य अभिनय रहेको फिल्म ‘मारुनी’मा अभिनेत्री सम्पदा बानियाँ अनुबन्धित भएकी छिन ।

फिल्म फ्लोरमा गएको झन्डै एक महिनापछि अभिनेत्री बानियाँ अनुबन्धित भएकी हुन् । अहिले फिल्मको छायांकन लगभग अन्तिम चरणमा पुगेको छ । अभिनेत्री बानियाँ भोजपुरी फिल्म तथा म्युजिक भिडियोमा सक्रिय छिन ।

त्रिकोणात्मक प्रेमकथामा आधारित रहेर निर्माण हुने उक्त फिल्मको छायाँकन बाँके लगायतका नेपालका अन्य विभिन्न स्थानहरुमा हुनेछ ।

पुनम इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुने फिल्ममा निर्देशक नवल नेपालले निर्देशन गर्दै छन् । फिल्ममा पुष्पल, साम्राज्ञी र रेविकाका अलावा सुनिशा क्षेत्री, अरुण राज, आयुष प्रधान, शंखर सेढाइ लगायतका कलाकारहरुक अभिनय रहनेछ ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.