‘हेल्लो जिन्दगी’को शुभ मुहुर्त सम्पन्न

फिल्म ‘हेल्लो जिन्दगी’को शुभ मुहुर्तसंगै छायांकन सुरु भएको छ । फिल्म निर्माण टिमले काठमाडौंको कमलादी स्थित रहेको गणेश मन्दिर स्थित फिल्मको शुभ मुहुर्त गर्दै फिल्मको छायाँकन सुरु गरेको हो ।

फिल्मका निर्देशक बोहोराले सामाजिक संजाल मार्फत फोटो सार्वजनिक गर्दै फिल्मको शुभ मुहुर्त सम्पन्न भएको जानकारी दिइएका हुन ।

लामो समयको अन्तराल पछि अभिनेत्री तथा निर्मात्री स्वेता खड्का यो फिल्मबाट पुन अभिनय क्षेत्रमा प्रवेश गर्दै छिन ।

बिरान्जना इन्टरटेनमेन्टको ब्यानरमा बन्ने फिल्मलाई सृजना जोशीले निर्माण गर्दै गर्ने छिन । फिल्मलाई ‘भैरे’ निर्देशक एभरेष्ट सुर्य बोहोराले निर्देशन गर्ने छन । फिल्ममा स्वेता खड्का, विक्रान्त बस्नेत लगायतका कलाकारहरुको अभिनय रहने छ ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.