फ्राइडे रिलिज ‘साइँली’ र शुभ लभ’

हरेक साताको शुक्रबार दुई फिल्म रिलिज हुने प्रकृया अहिले पनि उस्तै छ यसैक्रममा चैत्र १५ गते अर्थात शुक्रबार(आज)बाट देशका विभिन्न हलहरुमा एक साथ दुई फिल्म प्रर्दशनमा आएका छन् । ती फिल्म हुन् ‘साइँली’ र शुभ लभ’ ।

माया, प्रेम, विवाह तथा घर-परिवारमा आउने समस्याहरुले गर्दा आफ्नो मायालुलाई छाडेर बाहिरिनुको पिडालाई ‘साइँली’ मा देखाइएको छ । फिल्ममा गौरव पहाडी, मेनुका प्रधान, दाँयाहाङ राई र केनिपा सिंह लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

युवा ज्योतिष हरिहर अधिकारीको डेब्यु अभिनय रहेको फिल्म ‘शुभ लभ’मा कोहि मान्छेसँग १० मिनेट पनि निस्वार्थ माया लाग्यो भने नै त्यो शुभ हो
भन्ने देखाउन खोजिएको छ ।

फिल्ममा हरिहर अधिकारी र कृष्टिन पौडेलका अलवा डाक्टर सुर्या थापा, सरोज खनाल, राजाराम पौडेल, राजा राजेन्द्र पोखरेल, रविन्द्र झा, प्रदीप बास्तोल, अनुज पाण्डे लगायतका कलाकारको अभिनय रहेको छ ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.