पुलिसको वर्दीमा पहिलो पटक कंगना

मणिकर्णिकाः द क्वीन अफ झांसी पछि कंगना रानौत उनको अर्को फिल्म ‘मेन्टल है क्या’को छायांकन सुरु गरेकी छिन । जसको छायांकन सेटबाट एउटा फोटो लिक भएको छ ।

सार्वजनिक फोटोमा उनि पुलिसको ड्रेसमा बाईक चलाइरहेको देखिएकी छिन । खबरका अनुसार, अहिले फिल्मको एक्सन सिनको छायांकन भइरहेको छ । जसको यो फोटो लिक भएको हो ।

‘मेन्टल है क्या’मा कंगनाका अलावा राजकुमार राव पनि मुख्य भूमिकामा रहेका छन । यी दुवै दोस्रो पटकसँगै काम गर्दैछन । यो भन्दा अगाडी यी दुईले ‘क्वीन’ फिल्ममा संगै काम गरेका थिए । यो फिल्म २०१४ मा रिलिज भएको थियो ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.