रुचाइयो अनमोलको ’ए मेरो हजुर ३’को ट्रेलर

मेघा स्टार अनमोल केसीको मुख्य अभिनय रहेको फिल्म ’ए मेरो हजुर ३’को ट्रेलर युटुब ट्रेडिङ्ग नम्बर ३ मा आइपुगेको छ । सार्वजनिक भएको दुईदिन हुदा ट्रेलरलाई अहिले सम्म ९ लाख ९० हजार ४ सय ९६ जनाले हेरिसकेका छन् ।

यसअघि सार्वजनिक भएको फिल्मको दुई गीत पनि लामो समयसम्म ट्रेडिङ्गमा रहन सफल भएको थियो । गीत र ट्रेलरले गर्दा फिल्म प्रति दर्शकहरुको ध्यान निकै बढाएको छ । तर फिल्म रिलिज पछि भने दर्शकको मन जित्न सक्छ या नाई त्यसको लागि भने अब केहि दिन पर्खनु पर्ने हन्छ ।

अभिनेत्री तथा निर्देशक झरना थापाको निर्देशनमा बन्ने यो फिल्म सुहाना इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भइरहेको छ । फिल्ममा अनमोल र सुहानाका अलावा सलोन बस्नेत, अर्पण थापा, रविन्द्र झा लगाएतका कलाकारहरुको अभिनय रहेको छ ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.