युवा ज्योतिष हरिहरको ‘शुभ लभ’युटुबमा नआउने

गत शुक्रबारबाट प्रर्दशनमा आएको फिल्म ‘शुभ लभ’ युटुबमा रिलिज नहुने भएको छ । निर्माण टिमले फिल्मलाई युटुबमा राख्दा ब्याकगराउन म्युजिक बिग्रने भएको युटुबमा नराख्ने र फिल्म हेर्न दर्शकले हलसम्म पुग्नु पर्ने बताएका छन् ।

बुद्ध इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको फिल्मलाई पुराना निर्माता तथा निर्देशक सन्तोष बाबु लोहनीले निर्देशन गरेका हुन् । फिल्ममा हरिहर अधिकारीको कथा, अभिमन्यु निरवीको पटकथा तथा संवाद, अर्जुन पोखरेलको संगीत, रामेश्वर कार्कीको छायांकन, रोशन विक्रम भट्टराईको द्वन्द्व, बनिष शाह र भुपेन्द्र अधिकारीको सम्पादन रहेको छ ।

फिल्ममा हरिहर अधिकारी र कृष्टिन पौडेलका अलवा डाक्टर सुर्या थापा, सरोज खनाल, राजाराम पौडेल, राजा राजेन्द्र पोखरेल, रविन्द्र झा, प्रदीप बास्तोल, अनुज पाण्डे लगायतका कलाकारको अभिनय रहेको छ ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.