फिल्म ‘सानो संसार’, ‘लुट’ र ‘छक्का पञ्जा २’ पुन प्रदर्शन हुदै

फिल्म ‘सानो संसार’, ‘लुट’ र ‘छक्का पञ्जा २’ पुन प्रदर्शन गर्ने भएको छ । नेपाल चलचित्र संघले प्रेस विज्ञप्ति जारी गर्दै फिल्म पुन प्रर्दशन हुने जानकारी दिईएको हो ।

फिल्म चैत्र २१ गतेका दिन काठमाडौंको कमलादी स्थित रहेको क्युएफेक्स कुमारी हलमा एकैदिन तर छुट्टाछुट्टै समयमा यी तीन फिल्म प्रर्दशन हुनेछन ।

आलोक नेम्वाङले निर्देशित फिल्म ‘सानो संसार’मा विनय श्रेष्ठ , नम्रता श्रेष्ठ र कर्मा लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

निश्चल बस्नेत निर्देशित फिल्म ‘लुट’मा सौगात मल्ल , कर्मा , दयाहाङ राइ , सुशील राज पाण्डे र प्रतिकराज न्यौपाने लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

दीपाश्री निरौला निर्देशित फिल्म ‘छक्का पञ्जा २’मा दीपकराज गिरी , प्रियंका कार्की , केदार घिमिरे , जितु नेपाल , शिवहरि पौडेल , स्वस्तिमा खड्का लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.