मिरुनाको संझनामा विकल्प

अमेरिकामा रहँदै आएकी समाजसेवी तथा गीतकार अम्बिका गुरुङको शब्दमा तयार भएको ‘तिमीले भन्दा’ बोलको गीतको म्यूजिक भिडियो बजारमा आएको छ ।

गायक प्रराज पौडेलको आवाजमा समावेश यो गीतमा निल गुरुङको संगीत छ । भिडियोमा दर्शकले नायिका मिरुना मगर र मोडल विकल्पराज श्रेष्ठलाई देख्न सक्नेछन् । भिडियोमा नायिका मिरुना मगर निकै नै आकर्षक देखिएकी छिन् ।

उत्सव दाहालको छायांकन रहेको भिडियोमा विकास दाहालको सम्पादन छ । भिडियोलाई अर्जुन अधिकारीले निर्देशन गरेका हुन् । यो गीतले विशेषगरि आफ्नी मायालुलाई गाउँमा छाडेर शहरमा निस्कदै गरेको एक यूवाले उसको संझनामा आफूलाई भुलाएको देखाउन खोजिएको छ । भिडियोको छायांकनपक्ष उत्कृष्ट छ । मिरुना मगर र विकल्पको केमेष्ट्री सुहाएको छ ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.