‘मुन्द्रेको कमेडी क्लब’मा ‘यात्रा’ युनिट

आउँदो चैत्र २९ गते प्रदर्शन हुने तयारीमा रहेको फिल्म ‘यात्रा: अ म्युजिकल भ्लग’ युनिट आफ्नो प्रचारप्रसारको क्रममा ‘मुन्द्रेको कमेडी क्लब’ मा पुगेको छ ।

टेलिभिजन शोमा दर्शक माँझ लोकप्रिय रहेको यस शो फिल्मका कलाकारहरु सलिनमान बनिया , सलोन बस्नेत र डेब्यु गर्ल मलिका महत पुगेकी हुन् ।

यिनले फिल्मको बारेमा कराकानी गर्दै उक्त कार्यक्रम मार्फत दर्शकलाई जानकारी गराएका छन् । सलिनको आफ्नो फिटनेस र फेशनको राज खोले भने मलिकाले आफ्नो ब्लाइन्डको भूमिका निभाउन गरेको दुखलाई सम्झिन ।

चैत्र २५ गते प्रशारण हुने शो मा सलोनले पनि फिल्मको बारेमा बोल्दै यात्रालाई स्मरण गरे । यी तिनैले ‘मुन्द्रेको कमेडी क्लब’ मा आफ्नो यात्रालाई पनि शेयर गरेका छन् ।

जितु नेपाल होस्ट रहेको कार्यक्रममा निर्देशक दीपाश्री निरौला अध्यक्ष छिन् । नेपाल टेलिभिजनसँगै युट्युबमा समेत आउने यो कार्यक्रम दर्शकमाँझ लोकप्रिय छ । सलिन अभिनित दोस्रो फिल्म हो यात्रा , जसमा उनि भ्लगरको भूमिकामा छन् ।

सम्राट शाक्यको निर्देशन रहेको फिल्म कोटकी कालिका देवीफिल्म्स प्राइभेट लिमिटेड , क्रिएटिभ फिल्म प्रोडक्सन र हरि ओम सिने मेकर्सको ब्यानरमा निर्माण भएको छ । फिल्ममा सुशील पोखरेल निर्माता रहेका छन् भने सर्जुमान लिगल कार्यकारी निर्माता रहेका छन ।
फिल्ममा वरिष्ठ संगीतकार शम्भुजित बास्कोटाकोसँगै प्रतिक पौडेल र कोविद बज्रको संगीत, कविराज गहतराज र प्रविन सिंहको कोरियोग्राफी , हिमाल केसीको द्वन्द, बनिश शाहको सम्पादन रहेको फिल्मलाई संजय लामाले क्यामरामा कैद गरेको छन ।

फिल्ममा सलिनका अलावा सलोन बस्नेत , जान्वी बस्नेत , जय नन्द लामा , रेअर राई , प्रेक्षा बज्राचार्य , धिरेन शाक्य , राजाराम पौडेल , विशाल कटवाल , समृद्धि राई , योगेश जंग कुँवर , इश्वर पौडेल , नानीकाजी डंगोल , राजेश बिसुराल , इश्वर पौडेल , बिशाल पहाडी , प्रजोल भट्टराई , देशभक्तखनाल , कमल मैनाली , सौगात शर्मा लगायतका कलाकारहरुको अभिनय रहको छ ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.