चलचित्र कलाकार संघको महाधिवेशन स्थगित

चलचित्र कलाकार संघको महाधिवेशन स्थगित भएको छ फर्जी सदस्यता वितरण गरेको उजुरी परेपछि यही चैत २३ गते हुने भनिएको महाधिवेशन स्थगित गरिएको हो ।

कलाकार सुरज आरडीले वर्तमान कार्यसमितिले गैर कलाकारलाई नयाँ सदस्यता वितरण गरेको भन्दै काठमाडौं जिल्ला प्रशासन कार्यालयमा मुद्धा गरेका थिए ।

आइतबार सो मुद्धाको सुनवाई गर्दै छलफल निष्कर्षमा अपुगेपछि जिल्ला प्रशासन कार्यालयले अर्को आदेश नभएसम्म संघको अधिवेशन रोक्न आदेश दिएको हो । कलाकार संघको आगामी अध्यक्ष पदको लागि सरिता लामिछाने र लय संग्रौलाले अध्यक्षमा उम्मेदवारी दिइसकेका छन् ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.