यो फिल्मको छायांकनका लागि सलमान पुगे आफ्नो जन्मथलो

बलिउड चर्चित अभिनेता सलमान खानको फिल्म ‘भारत’ इदको अवसर पारेर रिलिज हुने तयारीमा रहेको छ । केहि समय अगाडी उनको सो फिल्मको टिजर सार्वजनिक भएको थियो । जसमा सलमानको विभिन्न रुपलाई देखाईएको छ ।

अबको केहि दिन पछि फिल्मको ट्रेलर सार्वजनिक हुने तयारीमा रहेको छ । फिल्ममा उनको अपोजिटमा कट्रिना कैफ रहेकी छिन । ‘भारत’पछि सलमानको अर्को फिल्म ‘दबंग 3’ को छायांकन अप्रिल १ अर्थात आजबाट सुरु हुदैछ । जसको छायांकनको लागि उनि अहिले उनको जन्मथलो पुगेका छन् ।

जसको जानकारी उनले सामाजिक संजाल स्थित भिडियो शेयर गर्दै दिइएका छन् । जसमा उनका साथमा उनको भाइ पनि देखिएका छन् । भिडियो शेयर गर्दै उनले ‘म र मेरो भाइ अहिले आफ्नो जन्म थलो पुगेका छौ ।, यहाँबाट हामी मंडलेश्वर र महेश्वरमा ‘दबंग ३’ को छायांकनको लागि जाने छौ ।, जहाँ हाम्रो हजुरबुवाको पोस्टिंग भएको थियो । जब उहाँ पुलिसमा हुनुहुन्थियो ।’


त्यसपछि अरबाज यानिकी सलमानका भाईले ‘यसपछि हामी ‘दबंग ३’ को पहिलो दिनको छायांकन गर्न जानेछौ ।’ सलमानले यो पोस्टको क्याप्सनमा ‘Back in our birthplace for #Dabangg3 shoot’ लेखेका छन् ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.