च्यारिटीका लागी ‘लभ स्टेसन’को आह्वान, बाराका हावाहुरी पिडितलाई पचास हजार सहयोग

चलचित्र लभ स्टेसन निर्माण यूनिटले फिल्मको च्यारिटी शो गर्न आह्वान गरेको छ । आइतवार पूर्वी नेपालको बारा र पर्सा जिल्लामा आएको भिषण हावाहुरी र पानिका कारण घरबार गुमाएका, घाइते भएका तथा परिवारका सदस्य गुमाएकाहरुको सहयोगार्थ फिल्मको च्यारिटी शो गर्न चाहने व्यक्ति तथा संघ संस्थालाई आह्वान गरेका हुन् ।

फिल्मको तर्फबाट रु ५०,००० सहयोग गर्दै उनीहरुले फिल्म प्रदर्शन अगावै वा फिल्म प्रदर्शन पश्चात पनि कसैले च्यारिटी शो गर्न चाहेमा आफुहरुलाई सम्पर्क गर्न आह्वान गरेका छन् । काठमाडौँमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गर्दै लभ स्टेसन यूनिटले आफुहरुले फिल्म प्रचारका लागी सहयोग नगरेको समेत प्रष्टाए । पत्रकारहरुसंग कुराकानी गर्दै फिल्मका नायक प्रदीप खड्काले कलाकारले सहयोगको अपिल गर्दा अझै प्रभावकारी हुने भन्दै सहयोगमा जुट्न अनुरोध गरे । उनीहरुले बारा स्थित सिडीसो कार्यालय मार्फत विपद ब्यवस्थापन कोषमा रकम जम्मा गर्दै त्यस मार्फत गर्दा सहयोग प्रभावकारी र छिटो-छरितो हुने समेत बताए ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.