‘दबंग ३’ को पहिलो फोटो, चुलबुल पाण्डे सलमानको सिग्नेचर पोज, बन्यो भाइरल

अली अब्बास जफरको फिल्म ‘भारत’को छायांकन पछि अभिनेता सलमान खान फिल्म ‘दबंग ३ ‘को छायांकनमा ब्यस्त भएका छन् । सलमानको मस्ट अवेटेड फिल्म ‘दबंग ३’को छायांकन मध्य प्रदेशबाट सुरु गरिएको छ ।

आजबाट छायांकन सुरु गरिएको सो फिल्मको छायांकन सेटबाट सलमानको पहिलो तस्विर सार्वजनिक भएको छ । जसमा उनि चुलबुल पाण्डेको सिग्नेचर पोजमा देखिएका छन् ।

फोटोमा उनले निलो रंगको सर्ट लगाएर पछाडी फर्किएका छन् । जसको पछाडि कलरमा गोल्डेन र ब्ल्याक करलको चस्मा राखेका छन् । जुन पोजलाई दबंग फिल्मको ट्रेड मार्क पनि भनिन्छ ।


फोटोमा फिल्मका निर्देशक प्रभुदेव पनि देखिएका छन् । यो फोटो सलमानको फ्यानहरुको लागि निकै ठुलो राहत बनेको छ । जुन सार्वजनिक भएको केहि समय नबित्दै निकै भाइरल बनिरहेको छ ।

फोटो शेयर गर्दै सलमानले ‘पहिलो दिन…#dabangg3 @arbaazSkhan @PDdancing @Nikhil_Dwivedi.’ लेखेका छन् । ‘दबंग ३’लाई अरबाज खानले प्रोदुक्स गर्दै छन् । फिल्म फेरी एक पटक सलमानसँग सोनाक्षि देखिदै छिन ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.