निर्देशक बोहोराको ‘चलखेल’मा प्रियंका

फिल्ममा भन्दा पनि अहिले म्युजिक भिडियो तथा शर्ट फिल्ममा रमाउन थालेकी अभिनेत्री प्रियंका कार्की फिल्म’ चलखेल’मा अनुबन्धित भएकी छिन । आइतबार निर्माता डेनिम पुनले सामाजिक संजाल फेसबुक मार्फत फोटो शेयर गर्दै सिनेमान्डू इन्टरटेन्मेन्ट पीभीटि नामक कम्पनी र प्रियंकाबीच फिल्मका लागि कागजी सम्झौता भएको जानकारी दिइएका छन् ।

कमेडी जनरामा निर्माण हुने यो फिल्मलाई ‘भैरे’का निर्देशक एभरेष्ट सुर्य बोहोराले निर्देशन गर्दै छन । निर्देशक बोहोराकै कथा तथा लेखन रहेको यो फिल्मको छायांकन आगामी जेठबाट सुरु गरिने छ । अन्य कलाकारहरुको छनोट हुन बाकी रहेको फिल्ममा प्रियंकाको अपोजिटमा को हुनेछ भन्ने टुंगो लाग्न बाकी नै छ ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.