नयाँ अभिनेत्रीका लागि कती सुरिक्षत फिल्म क्षेत्र

सुत्र इन्टरटेन्मेन्ट – अभिनेत्री उपासना सिंह ठकुरीलाई लिएर रामबाबु गुरुङले कबड्डीको तेश्रो सिरिज बनाउने भए । फिल्मको घोषणा भैसकेको छ । रामबाबु गुरुङसँग कलाकार काम गर्न चाहन्छन् । उपासनाका लागि रामबाबुसँग दोश्रो फिल्ममै काम गर्नु अवसर हो ।

तर, सबै जना नयाँ अभिनेत्रीमा यो खालको भाग्य हुँदैन । पहिलो फिल्म खेल्दा पाएको सफलताले फुरुङ्ग हुनेहरुलाई दोश्रो फिल्म खेल्नमा सकस छ । दोश्रो फिल्म त उनीहरुले पाउँदै पाउँदैनन् ।
गएको बर्षलाई हेर्दा पनि २० जना अभिनेत्रीले डेब्यू मारेका रहेछन् । २० जना अभिनेत्रीले डेब्यू मार्दा पाएको नाम अहिले गुमनाम बन्ने अवस्था आइसकेको छ ।

एउटा सिनेमाले स्टार बनाउने भाग्यमानी कम छन् । कि त घरमै फिल्म बनाइदिने हुनपर्यो । कि त फिल्म क्षेत्रमा चिनेको मान्छे हुनुपर्यो । नत्र, उनीहरुमा करोड लगानी कसले गरिदिने रु
नेपाली फिल्म अब सुरक्षित बन्न थालेको, भविष्य सुखद छ भन्ने पनि सुनिएको हुन्छ । तर, नयाँ अभिनेत्रीहरुको बेरोजगारी हेर्दा त्यो लाग्दै लाग्दैन । किनकी, नयाँले दोश्रो पटक काम पाएको सुनिन्छ, तर कमले मात्र ।

अभिनेत्री सुहाना थापाको जस्तो सुखद अवसर र भाग्य अरुको नहोला । ए मेरो हजुर ३ बम्पर चलिदियो, सुहानाको माग दर्शक र फिल्मीकर्मीबाट नै भयो । सुहानालाई अहिले रोज्ने र छाड्ने अवसर छ ।

सिनेमा नचलिदिएको भए पनि उनका लागि सिनेमामा करोडौ लगानी गरिदिने उनका पिता थिए । यसैले सुहानाको डेब्यू असफल भएको भए पनि उनलाई ठूलो असर गर्दैनथ्यो । तर, भाग्य उनकै रहेछ । सुहानाको डेब्यू पनि सफल भयो, उनका लागि लगानी गरिदिने बाबु आमा फेरि कम्मर कसेर लागेका छन् ।

गएको बर्ष फिल्ममा आएका २० जना अभिनेत्रीमा २ जना अभिनेत्रीले नै संभावना देखाएको पाइयो । अरु अभिनेत्रीहरुका लागि दोश्रो फिल्मको अवसर खै के खै के नेपाली फिल्म बजार सुखद छ त रु सिनेमा बन्न कम भएको अवस्थामा अब कसरी नयाँ अभिनेत्रीहरुले पाइला राख्ने रु एउटा फिल्म खेल्दा नयाँ, दोश्रो खेल्दा पुरानो अवस्था ।

हिरो भन्दा हिरोइन बढी भएको क्षेत्रमा फिल्म बनाउने पनि दोश्रो फिल्ममा तीनै हिरोइनलाई पुरानी भन्छन् । बरु, कि चलेका कि नयाँ अनुहार नै खोज्न थाल्छन् । समस्या त यहीबाट सुरु हुन्छ । अनी, त्यसपछि उनीहरु गायब ।

नेपाली फिल्ममा नयाँ अभिनेत्रीहरुले पाइला जसोतसो राखेपनि त्यसपछि सुखद भविष्यको कामना गर्न सकेका छैनन् । यसैले सिनेमा नै सुखद भविष्य हो भनेर सोच्ने अवस्था अझै छैन

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.