‘कबड्डी कबड्डी कबड्डी’निर्माण घोषणा

फिल्म ‘कबड्डी कबड्डी कबड्डी’बन्ने भएको छ । फिल्म निर्माण टिमले राजधानी स्थित एक कार्यक्रमको आयोजना गर्दै फिल्मको औपचारिक निर्माण घोषणा गरेको हो । ‘कबड्डी’को यो तेस्रो सिरिज हो ।

बासुरी फिल्मस् सिनेमा आर्टको प्रस्तुती तथा माउन्टेन स्टोरिज र नौमती इन्टरटेन्मेन्टको सहकार्य निर्माण हुन लागेको फिल्ममा दयाहांग राई, उपासना सिंह ठकुरी र कर्मा रिश्मा गुरुङ, माओत्से गुरुङ, पुष्कर गुरुङ, कविता आले, विल्सन विक्रम राई, वुद्दि तामाङ, लुनिभा तुलाधर, बिजय बराल कमलमणि नेपाल, अरुणा कार्की, राजन खतिवडा, मणी के राई, डीबी गुरुङ, राजेन्द्र थापा लगायतका कलाकारहरुको अभिनय रहने छ ।

बाबुराम गुरुङको निर्देशनमा बन्ने उक्त फिल्म जेठ ५ गतेबाट फ्लोरमा जानेछ

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.