‘लभ डायरीज’को फस्टलुक पोस्टरसँगै प्रर्दशन मिती तय

फिल्म ‘लभ डायरीज’को फस्टलुक पोस्टरसँगै प्रर्दशन मिती तय भएको छ । सार्वजनिक २ पोस्टरमा फिल्मका मुख्य दुईपात्र अभिनेत्री रुबिना थापा र अभिनेता सुशील श्रेष्ठ देखिएका छन् । फिल्म अशोज ३ गतेबाट देशव्यापी प्रर्दशनमा आउने छ ।

सौरभ चौधरीको निर्देशनमा निर्माण भएको फिल्ममा सरोज तुलाधरनिर्माता रहेका छन् । फिल्ममा संजय लामाको छायांकन, कविराज गहतराजको कोरियोग्राफी, अर्जुन पोखरेलको संगीत रहेको छ ।

फिल्ममा रुबिना थापा र सुशील श्रेष्ठका अलावा विश्वजित रिमाल, बिष्णु सापकोटा, अर्जुनजंग शाही, विशाल पहारी लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.