जात्रै जात्रा र विर विक्रम २, कसलाई कसरी फाइदा

सुत्र इन्टरटेन्मेन्ट- शुक्रबार रिलिज हुने २ फिल्म विर विक्रम २ र जात्रै जात्रालाई लिएर अहिले सिनेमा वृत्तमा आँखा सल्काइएको छ । दुबै फिल्ममा कसको व्यापार कस्तो, कुन फिल्मले कसको स्टार भ्यालुलाई कता फालिदिने हो भन्ने पनि छ ।

जात्रै जात्रा सिक्वेल हो । जात्रामा छोडिएको कुरा किन हो र किन छोडियो भन्ने कौतुहल दर्शकलाई छ । दर्शकले जात्रै जात्रालाई प्रतिक्षा गर्नुको कारण यो हो । फेरि, यो फिल्मको कमेडी न्याचुलर छ । सिनेमाको ट्रेलरले पनि यो कुरा देखाउँछ ।फिल्ममा विपिन कार्की, दयाहाङ राई, रविन्द्र झा लगायतका कलाकारक छन् । जो मल्टिप्लेक्समा रुचाइएका छन् ।

फिल्म विर विक्रम २ पनि सिक्वेल हो । ‘विर विक्रम २’ मा पल शाह, नाजिर हुसेन, बर्षा सिवाकोटी छन् । विर विक्रमको सिक्वेलको फाइदा यो फिल्मलाई छ । दर्शकले विर विक्रमलाई पनि रुचाएका थिए । फिल्ममा हसाउने काम नाजिर हुसेनको भागमा छ । यसपटक बुद्दि तामाङ एन्टी छन् । अभिनेता पल शाहले रोमान्स गरेका छन् । पल शाहको क्रेज सिंगल हलका दर्शकका लागि विशेष छ । यही भएर सिंगल हलमा ‘विर विक्रम २’ २ दिन हाबी हुन सक्छ ।

सिनेमा विश्लेषकहरुका अनुसार, मल्टिप्लेक्समा जात्रै जात्राको अकुपेन्सी धेरै हुनेछ । सिंगल हल मानिने गोपीकृष्ण, अष्टनारायण लगायतका हलमा विर विक्रम २ ले २ दिन बाजी मार्न सक्छ । विर विक्रम २ को निर्भरता सुरुको दिनमा अभिनेता पल शाहमाथि बढी छ । तर, पल शाहका लागि सिंगो सिनेमा हाक्न अहिले नै सजिलो छैन । जोनी जेन्टलम्यानले यो कुरा देखाइसकेको छ ।

मल्टिप्लेक्समा हाबी हुने संभावना रहेको जात्रै जात्राले बिहानी शोबाट नै दर्शकको वर्ड अफ माउथ पाउनुपर्ने हुन्छ । किनकी, वर्ड अफ माउथमा जात्रै जात्राको लम्बाई बढी निर्भर हुन्छ । निर्माताले रकम कमाउन मल्टिप्लेक्समा फिल्म बढी चल्नुपर्ने हुन्छ । विर विक्रम २ ले मल्टिप्लेक्समा पनि पकड बलियो बनाउन आवश्यक छ ।

शनिबारको नियमित बिदा बाहेक यी दुबै फिल्मले अरु दिनमा वर्ड अफ माउथकै भर पर्नुपर्ने हुन्छ । यसैले, पनि दुबै सिरिजलाई यसपटक अग्लो पहाड फोड्नुपर्ने चुनौती छ ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.