‘जात्रै जात्रा’को देशभरका मल्टिप्लेक्समा बुकिङ खुल्ला

भोली अर्थात शुक्रबारदेखि देशव्यापी प्रर्दशनमा आउन लागेको बर्षकै प्रतिक्षित फिल्म ‘जात्रै जात्रा’को देशभरका मल्टिप्लेक्समा बुधबारदेखि बुकिङ खुल्ला गरिएको छ । फिल्मले सबैजसो मल्टिप्लेक्समा राम्रो शो पाएको छ । काठमाण्डौको जय नेपालमा ४, सिभिलमा ४, कुमारीमा ४ र छाया सेन्टरमा यो चलचित्रले ३ शोज पाएको छ । यस्तै, ललितपुरमा रहेको लबिम मलमा फिल्मले ४ शो पाएको छ ।

क्यूएफएक्स चेनको ५ पर्दामा मात्र फिल्मलाई १९ शोज दिइएको छ । यस्तै, चितवनको जलमा हलमा ३ शो, पोखराको सिनेप्लेक्समा फिल्मले ४ शो पाएको छ । यस्तै, काठमाण्डौको बीग मुभिजले यो फिल्मलाई ४ शो दिएको छ । फिल्मले ओपनिङ सुखद गर्ने अपेक्षा गरिएको छ ।

फिल्मका निर्देशक प्रदिप भट्टराई दर्शकको वर्ड अफ माउथ फिल्मका लागि सुखद हुनेमा विश्वस्त छन् । विपिन कार्की, बर्षा राउत, रविन्द्र झा, रविन्द्र सिंह बाँनिया, राजाराम पौडेल लगायतका कलाकारको मुख्य भूमिका रहेको यो फिल्मले पैसा र सुनको कथालाई रोचक तरिकाले उठाएको छ ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.