’सरौतो’को फस्टलुकसँगै प्रर्दशन मिती तय

रिभेन्जको कथामा आधारित रहेर निर्माण भएको फिल्म ’सरौतो’को फस्टलुक पोस्टरसँगै प्रर्दशन मिती तय भएको छ । सार्वजनिक पोस्टरमा फिल्मको मुख्य पात्रहरु फिचर्ड छन् । फिल्म आगामी असोज ३ गतेबाट देशव्यापी प्रर्दशनमा आउने छ । फिल्मलाई प्रसिद्ध सिनेम्याटोग्राफर हरी हुमागाईले निर्देशन गरेका हुन ।

विरान्जना इन्टरटेन्मेन्ट, स्क्वायर वान क्रिएसन र राइजिङ्ग फिल्म्स एण्ड ग्लिटर फिल्म्स स्टुडियोको ब्यानरमा निर्माण भएको फिल्ममा कार्यकारी निर्माताको रुपमा सिर्जना जोशी र लक्ष्मी कुमारी तामाङ रहेका छन् ।

फिल्ममा राघव कृष्ण गौतमको लेखन, उत्तम हुमागाईको छायांकन, शंकर महर्जनको एक्सन, राजन राज शिवाकोटी, पुष्पन प्रधान, कमल खत्री र कोसिस क्षेत्रीको संगीत, निमेष श्रेष्ठको सम्पादन , निलिशा शाक्यको नृत्य निर्देशन रहेको फिल्मलाई काठमाडौँ , सिम्रौनगठ लगायतका स्थानमा छायांकन गरिएको छ । फिल्मलाई उपत्यकामा गोपाल काजि कायस्थ र मोफसलमा एफडी कम्पनिले वितरण गर्ने छ ।

फिल्ममा सुमी मोक्तान, सन्नी सिंह, विजय लामा, युवराज लामा, धिरेन शाक्य, आमिर गौतम, अरुणा कार्की, पराकर्म पीजेबी राणा, सम्पदा दाहाल, सुवाङ्गम शाह, लियो ट्यांक, मैषा पुन मगर, प्रतिक दुलाल, मनोज तामांग लगायतको अभिनय रहेको छ ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.