वर्षाको २ घन्टाको मेकअप

सुत्र इन्टरटेन्मेन्ट – कलाकार आउलान् आउलान् भन्यो आउँदैनन् । कलाकार किन यति ढिलो आए, कुमारी हलमा बुधबार बेलुका ‘विर विक्रम २’ हेर्न पुगेका अतिथी, पत्रकारले यो महशुश गरे । फिल्मका कोही पनि कलाकार समयमा आएनन् । निर्देशक मिलन चाम्सले ब्यान्ड बाजाको साथमा सबैलाई स्वागत गरे । मिलन यस्तो खालको तरंग ल्याउन सिपालु छन् ।

फिल्मकी मुख्य अभिनेत्री बर्षा सिवाकोटी पुग्दा पनि ब्यान्ड बज्यो । उनले लामो गाउनमा प्रिमियरमा आएकी थिइन् । उनी, प्रिमियरमा पुग्दा माहोल पनि हट बन्यो । बर्षा किन ढिलो आएकी थिइन् बर्षाले नै यसको कारण भनिन् ।
उनी २ घन्टा त मेकअप गर्नमा नै व्यस्त रहिछन् । बर्षाले ‘वीर विक्रम २’ को कार्यक्रममा हाई मेकअप गरेकी थिइन् । २ घन्टा लगाएर उनले गरेको मेकअप उनलाई कत्ती सुहाएको थियो सबैले आफ्नै जवाफ देलान् ।

‘वीर विक्रम २’ बर्षाले आशा गरेको महत्वकांक्षी फिल्म हो । यसैले उनले सोलो अभिनेत्रीको फाइदा पर्पल कार्पेटमा पनि देखाइन् । तर, २ घन्टासम्म मेकअपमा के हुन्छ रु जवाफ बर्षाबाटै ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.