यस्तो छ ‘जात्रै जात्रा’ को दुई दिने कलेक्सन

शुक्रबारबाट देशब्यापी प्रर्द्शनमा आएको फिल्म ‘जात्रै जात्रा’ले बक्स अफिसमा निकै राम्रो कलेक्सन गरेको छ । प्रर्द्शनको तेस्रो दिन आईपुग्दा फिल्मले लगभग २ करोड कलेक्सन गरेको छ । प्राप्त जानकारी अनुसार, फिल्मले पहिलो दिन यानिकी शुक्रबार ३८ लाख र शनिबार ६७ लाख कलेक्सन गरेको हो र आईतवार सम्म आईपुग्दा फिल्मले लगभग २ करोडको ब्यापार गरेको हो ।

दिप भट्टराईको निर्देशन रहेको ‘जात्रै जात्रा’मा उनैको कथा रहेको छ भने फिल्ममा सिंगे लामा र यादव पौडेल निर्माता रहेका छन् । फिल्ममा विपिन कार्की, बर्षा राउत, रविन्द्र सिंह बानियाँ, रविन्द्र झाको मुख्य अभिनयमा रहेको फिल्ममा यिनका अलावा प्रकाश घिमिरे, सोहित मानन्धर, अन्जु महर्जन, सुस्मिता कार्की, प्रेम पाण्डे, कालु राना, प्रियंका झा, कविन्द्र त्रिपाठी लगायतको अभिनय रहेको छ ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.